
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सांसदहरु तलव, सेवा सुबिधा बढाउन मरिहत्ते गरिरहेको बेता नेपाल काग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको सेवा सुविधा बपत आउने रकम भुकम्प पीडितलाई दिने उदारता देखाएका छन् ।
आईतबार संसदमा सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धि विधेयक पास भएको थियो । अब सांसदहरुले यस भन्दा अघि पाइरहेको तलब र सेवा सुबिधा भन्दा २४ हजार बढी पाउने छन् ।
कांग्रेस सांसद गुरुङले भने भूकम्पपछिको पुनर्निर्माण अघि बढन नसकेको र भूकम्प पीडितले राज्यबाट घोषित राहात समेत नपाएबो भन्दै सांसदहरुले तलब सुविधा बृदि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् ।
उनल हाल पाइरहेको पारिश्रमिक, तलब र भत्ता एवं सेवासुविधा बाहेक बृद्धि भएको रकम भूकम्प पीडितलाई राहातका लागि स्थापना गरिएको भुकम्प राहात कोपामा जम्मा गर्ने घोषणा गरेको छन् ।
उनले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो बढेको तलब सिधै भूकम्प पीडित राहात कोषमा जाने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्