
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीको संगठन नेपाल मेडिकल स्टुडेन्स सोसाईटीले चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डाक्टर केपी सिंहको राजीनामाको माग गर्दै त्रिभुवन विश्व विद्यालय घेराउ गरेको छ ।
वरिष्ठ चिकित्सक अनसनरत डाक्टर गोविन्द केसीले राखेको माग सरकारले बेवास्ता गरेपछि नेपाल मेडिकल स्टुडेन्स सोसाईटी सोही माग अघि सार्दै आन्दोलनमा उत्रिएको हो । मंगलबार संस्थानका डिन सिंहको कार्यालय परिषरमा विरोध प्रर्दशन गरेको संगठनले बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि कार्यालयका उपकुलपति तीर्थ खनियाँको कार्यकक्ष घेराउ गरेका हुन्।
संस्थानको भलाई र गुणस्तरीय चिकित्सा सेवा तथा शिक्षामा आम नेपालीको पहुँच स्थापित गर्ने अभियानलाई सफल बनाउन पनि सिंहले पदबाट राजीनामा दिनुपर्ने संगठनका अध्यक्ष डाक्टर सागर पोखरेलको भनाइ छ ।
उनले चिकित्सा शास्त्र अध्ययन संस्थानमा ठूलो धनराशी हुने देखेपछि लुट मच्याउन डीन कार्यालय आफैं लागिपरेको दाबी गर्दे सो प्रयास सफल हुन नदिने चेतावनी दिए। नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने र एमविविएसका विद्यार्थी भर्नामा हुँदै आएको अनियमितता नरोकिए मुलुकभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी पनि उनले दिए।
डाक्टर केसीले चिकित्सा शास्त्र अध्ययन संस्थानमा हुने अनियमितता अन्त्य गर्न माग गर्दै दशौ पटक आमरण अनसनमा बसेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्