
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – यातायात व्यवस्था बिभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को लागि आज मङ्सिर ८ देखि फारम खुला गरेको छ । नयाँ नियमावली संसोधनको क्रममा रहेकाले दुई महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र आवेदन बुधबारबाट खुला भएको हो।
संशोधित व्यवस्थाअनुसार एक पटक लिखित पास भएपछि ९० दिनको अवधिमा ३० दिनको अन्तरमा ३ पटकसम्म प्रयोगात्मक परिक्षा अर्थात् ट्रायल दिन पाइने छ । यसरी फेरी ट्रायल दिँदा लिखित परिक्षा दिईरहनु पर्ने छैन । तर ९० दिनको अवधिमा ३ पटकसम्म पनि ट्रायल दिँदा ट्रायल पास गर्न नसके फेरी लिखित दिनु पर्ने छ ।
एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक ट्रायल परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको हो ।
विभागले बिहान ६ देखि १२ बजेसम्म नयाँ लाइसेन्सको लागि फारम वितरण गर्ने छ। एकदिनमा अधिकतम ८ सय जनालाई मात्र सेवा दिन सकिने बिभागले जनाएको छ ।
कहाँ दिने आवेदन :-
बागमति अंचलको लागि लाइसेन्सको लागि आवेदन दिनको लागि विभागको एकान्तकुना कार्यालयमा जानुपर्ने छ। त्य ट्रायल दिन मिनभवन वा रामशाहपथ जानु पर्ने व्यवस्था रहेको छ। उपत्यका बाहिर भने लाइसेन्स वितरण कहिले खुल्ने टुंगो लागेको छैन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्