Skip to content
LAXMI SUNRISE BANK

EXCLUSIVE : सिभिल बैंकमा नक्कली लालपूर्जा बनाउने यस्तो किर्तेधन्दा ! सीइओले खाए लाखौँ रुपैयाँ घुस, ऋणीको उठीबास !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
पैसा भनेपछि महादेवका समेत तीन नेत्र, बैंकका कर्मचारीहरु अपवादमा पर्ने कुरै भएन । तर जनताको डिपोजिट लिएर जनताले तिरेको ब्याजकै भरमा पालिएका बैंकका कर्मचारीको मिलेमतोमा बैंक आफैं नक्कली काम गर्छ भने त्यसलाई के भन्ने ? यस्तै नक्कली काम गरेर सिभिल बैंकले ऋणीको करोडौं रुपैयाँ बराबरको जग्गा खाइदिएको छ । 
बैंकले नक्कली लालपूर्जा बनाएर एक सय सात कठ्ठा जग्गा विक्री गरिदिएपछी ऋणीको उठीबास लागेको छ । यो किर्ते काम बैंककै सञ्चालकहरुको समेत मिलेमतोमा भएको छ । बैंकका सञ्चालक इक्षाराज तामाङ, बैंकका सीइओं किशोर महर्जन र कर्जा साखामा कार्यरत गोविन्द गुरुङ र प्रसिद्द अर्याल मिलेर ऋणीको करोडौं रुपैयाँ बराबरको जग्गा खाइदिएका हुन् ।

भएको के हो ?
सिभील बैंककै एक कर्मचारीले नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार तत्कालीन समयमा नेकोन एयरका सञ्चालक समेत रहेका मृगेन्द्रराज जोशीले चितवनमा रहेको एक सय सात कठ्ठा धितो राखेर बैंकबाट ऋण लिएका थिए । तर पछी उनले उक्त कर्जा तिर्न नसकेपछि उनलाई बैंककै आग्रहमा ऋण नतिरेको भन्दै सुचना केन्द्रले कालोसूचीमा राख्यो । उनी अगाडी भन्छन्, ‘बीचमा सिभिल बैंककै पूर्णचन्द्र प्रधान नामथारका एक ऋणी  र एक गुन्डालाई प्रयोग गरेर जोशीका नाममा रहेको ऋण प्रशानका नाममा स्थानातरण गरेर पैसा लिने काम भएको थियो । जोशीलाई कालो सूचीमा परेको आधारमा थप ऋण दिन नमिल्नेभएपछी ऋण तथा धीतो प्रधानका नाममा हस्तान्तरण भएको थियो ।  त्यहि घटनाले अहिलेको परिस्थिति जन्मायो ।’
सीइओले खाए लाखौँ रुपैयाँ घुस :
यो काम गर्नका लागि सीइओले समेत लाखौँ रुपैयाँ घुस खाएको सिभिलका उक्त कर्मचारीले अर्थ सरोकार डटकमलाई बताए । सीइओका अलावा बैंकका सञ्चालकले समेत यो काम गर्न लाखौँ रुपैयाँ खाएका थिए । अहिले जो व्यक्तिका नाममा ऋण तथा धीतो हस्तान्तरण गरिएको थियो, उनले समेत अझैसमेत ऋण तिरेका छैनन् भने जोशीको डेढ बर्ष अघि मृत्यु भइसकेको छ । उनी अगाडी भन्छन्, ‘सबै मिलेर लुट्ने काम भइरहेको छ बैंकमा । सीइओदेखि सञ्चालकसम्म सबै लुट धन्दामा लागेका छन् ।’
सिभिलकै संरक्षणमा प्रधान !
प्रधान सिभिल बैंककै सम्रक्षणमा रहेका जग्गा व्यवसायी भएको स्रोतको दावी छ । प्रधानले जोशीकै नाममा रहेको सिभिल बैंकको कर्जा सकार गरेर चितवनको जग्गा खरिद समेत गरेका थिए । सिभिल बैंकबाट करोडौं कर्जा लिएर काठमाडौँमा विभिन्न हाउजीङमा समेत लगानी गरेका प्रधानले जोशीसँग किनेको जग्गाको समेत पैसा अझै नदिएको स्रोतको भनाइ छ ।

जनताको करोडौं रुपैयाँ यसरी डुब्दै 
यसरी ऋण लिने तर नतिर्ने प्रधानलाई सिभिल बैंककै संरक्षण छ । उनलाई बैंककै ठुलो पदमा रहेकाले कमाई खाने भाँडो एकातर्फ बनाइरहेका छन् भने अर्कोतर्फ ब्याज र सावाँ नतिर्ने तर ऋण लिन नछाड्नेलाई संरक्षण गर्दा जनताको करोडौं लगानी समेत डुब्ने निश्चित छ । बैंकले अरु ऋणीले लिएको खराब कर्जा उठाउन विभिन्न काम गरिरहेको भएपनि उनलाई भने नछुने भन्दै आन्तरिक निर्णय गरिसकेको छ ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK