×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ करोडको लगानीमा बेकरी उद्योग सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डेढ करोडको लगानीमा बेकरी उद्योग सञ्चालनमा

Artha Sarokar

५ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरमा डेढ करोड रूपैयाँको लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ । जिल्लामा नाम चलेका व्यवसायी गुणराज शिलवालको पहलमा हुलाकी ईण्डष्ट्रिज प्रालि नामक संस्थामार्फत वेकरी उद्योग सञ्चालनमा आएको हो । स्वरोजगारको वातावरण सृजना गर्ने र जिल्लाबासीलाई स्थानीयस्तरमा गुणस्तरीय उत्पादन दिने उद्धेश्यले बेकरी उद्योग सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष शिलवालले बताए ।
जिल्लामा यस्तो खालको उद्योग आवश्यक रहेको भन्दै शिलवाल सहित चार जनाको लगानीमा उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनको शुरुवातमा रू. १ करोड ५० लाख लगानी गरेको र पछि थप मेसिन थपिने हुँदा रू. २ करोड लगानी पुग्ने संस्थाका अध्यक्ष शिलवालले बताए ।  उद्योग सञ्चालनमा शिलवालको ४० प्रतिशत, रुपेश खतिवडाको ३० प्रतिशत, दिप अधिकारीको २० प्रतिशत र बुद्धिलाल श्रेष्ठको १० प्रतिशत लगानीे छ ।
उद्योगमा ठूलादेखि सानासम्मका चार प्रकारका बेकरी परिकार, कुकीज विस्कुट र पप आइटम बनाइने सञ्चालक रुपेश खतिवडाले बताए । गुणस्तरलाई ध्यान दिई आवश्यकता अनुसारको आइटम उत्पादन गरिने उनले जानकारी दिए । उद्योगका लागि भारत र चीनबाट अत्याधुनिक प्रविधिका मेसिनहरु भित्रयाइएको छ । उद्योग सञ्चालनका लागि ३ जना दक्ष कर्मचारी बाहिरबाट ल्याइएको र बढी मात्रामा महिलाहरुलाई रोजगार प्रदान गरेको अर्का सञ्चालक दिपक अधिकारीले बताए । उद्योगको शुरुवातमा १० जना कर्मचारी राखिएको छ । जिल्लाका शहरदेखि गाउँसम्म र बाहिरी जिल्लामा उद्योगमार्फत उत्पादित आइटमहरु पठाउनका लागि डेलिभरी भ्यान लगायतका साधनहरुको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
उद्योगबाट दैनिक रू. १ लाख बराबरको बेकरी आइटम उत्पादन गरिने संस्थाका अध्यक्ष शिलवालले जानकारी दिए । पछिल्लो समय सुगरका बिरामी बढेको भन्दै सुगर फ्रि ब्रेड आइटम समेत उत्पादन गरिने उनले बताए । लामो समयदेखि व्यावसायिक क्षेत्रमा रहेका शिलवालले लामो समयको अनुसन्धान र जिल्लाको आवश्यकतालाई हेरी उद्योग सञ्चालनमा ल्याएको समेत बताएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी