
- अर्थ सरोकार सम्बाददाता
पोखरा – कास्कीको पोखरास्थित पृथ्वीचोकमा अबस्थित हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ भने आगो के कारणले लागेको हो भन्ने अझै खुल्न सकेको छैन ।
करिब राति १० बजेको समय तिर अचानक लागेको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको बताइएको हो भने आगलागी रातिको समयमा भएकोले मानविय क्षति भने हुन पाएन एक स्थानीयले भने ।
आगलागीबाट २३ वटा पसल पूर्णरुपमा क्षति भएको र सातवटा पसलमा आंसिक क्षति पुगेको छ भने आगो नियन्त्रणका क्रममा कतिपय अन्य पसलका सामानमा समेत क्षति पुगेको बताइएको छ ।
बजारको सुरक्षार्थ खटिएका गार्डले खबर गरेपछि बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि आगो नियन्त्रणमा आएको बजार सञ्चालक मिलनप्रसाद तिवारीले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्