
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ।
नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र विदेशी जातमा कमन, सिल्भर, बिगहेड, र ग्रासकार्प जातका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार उपभोक्तालाई खुवाइने बताए।
‘स्वदेशी माछा खाऔंँ, स्वस्थ्य रहौँं’ अभियानकासाथ भृकुटीमण्डपमा आयोजना हुने सो महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ४० वटा कक्ष रहने छन् । महोत्सवको कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले माछा खाएर शुभारम्भ गर्नेछन्।
सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा माछा नखानेलाई १०० र परिकारको स्वाद लिनेलाई २५० प्रवेश शुल्क तोकिएको जानकारी दिए। महोत्सवमा सहभागी प्रतिस्पर्धी मध्ये प्रथम, द्धितीय, तृतीय र सान्तवनालाई क्रमशः ५० हजार, ४० हजार, रु ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उक्त महोत्सव मङ्सिर १३ गतेसम्म चल्नेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्