×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्दर र आकर्षक बन्नलाई कुन कुन खाने कुरा खाने, हेर्नुस जानकारी सहित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुन्दर र आकर्षक बन्नलाई कुन कुन खाने कुरा खाने, हेर्नुस जानकारी सहित

२ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – खानपानले मानिसको स्वास्थ्यलाई निर्धारित गर्छ। खानाकै कारण मानिसको स्वास्थ्य अवस्थाका साथै अनुहार, छालालाई पनि प्रभाव पार्ने गर्छ। उचित खानपानले स्वास्थ्य समस्याबाट जोगिन मद्दत गर्छ भने मानिसलाई स्वस्थ, स्फूर्त, राम्रो देखाउन र कन्फिडेन्स रहिरहन मद्दत गर्छ।
 यसकारण पनि खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ। विशेषगरी महिलाले आफूलाई सुन्दर र आकर्षक देखाउनका लागि पनि खानपानमा ध्यान दिनु आवश्यक हुन्छ।
 स्वस्थ खानपानले नै महिलाहरुलाई सुन्दर, आकर्षक बनाउँछ। उनीहरुको छाला, कपाल, अनुहारमा चमक ल्याउन मद्दत गर्छ। थाहा पाऔँ आफूलाई सुन्दर, आकर्षक र कन्फिडेन्ट राख्नका लागि कस्ता खाने कुरा खाने
स्याउ :- स्याउमा फाइबर हुन्छ। यसले महिलाको शरिरलाई सन्तुलनमा राख्न मद्दत गर्छ।
कागती पानी :- कागती पानी पाउनाले शरिरमा रहेका विकार पदार्थ बाहिर निस्कन्छन् र अनुहारमा चमक आउँछ। 
पालकको साग :-  पालकको साग खानाले रक्त सञ्चार राम्रो हुन्छ र महिलाहरूको कन्फिडेन्स बढ्छ।
डार्क चकलेट :-  यसले पनि रक्त सञ्चारलाई सन्तुलनमा राख्छ। जसले अनुहारमा चमक बढ्छ।
गोलभेंडा :-  गोलभेंडामा हुने लाइकोपिनले छालाको चमक बढाउन मद्दत गर्छ।  
भट्टमास :-  यसले छालामा चमक ल्याउनका साथै कपाल बढाउन पनि मद्दत गर्छ।  
 माछा :- यसमा ओमेगा ३ फ्याक्टी एसिड हुन्छ, जसले कपाल कालो र बाक्लो बनाउँछ। 
ओखर :-  यसमा बायोटिन हुन्छ, जसले छाला र कपालको चमक बढाउँछ।
केरा : – यसमा हुने पोटासियम, आइरनबाट स्ट्रेस कम हुन्छ र अनुहारमा मुस्कान कायम रहन्छ। 
अण्डा :-  अण्डा खानाले भोकल कर्डको तन्तु नरम हुन्छ र आवाजमा सुरिलोपन ल्याउँछ।
आइसक्रिम :-  आइसक्रिममा पाइने भिटामिन के ले रक्त सञ्चारलाई सन्तुलित राख्छ।
  • एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी