काठमाडौं – संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झामाथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् ।
फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको नेतृत्वमा रहेको छसातजनाको समूहले शनिबार साँझ यादवकै घरनजिक विराटनगर १८ जतुवामा झामाथि आक्रमण गरेको हो ।
आक्रमणबाट गम्भीर घाइते भएका झाको कोसी अञ्चल अस्पतालको आइसीयुमा राखेर उपचार भइरको फोरम नेपालले जनाएको छ ।
विराटनगर १८ नम्बर बडाको आइतबार गर्ने भनिएको अधिवेशन तयारी गर्नका लागि भनेर त्यहाँ पुगेका झामाथि बाटो ढुकेर बसेको यादव नेतृत्वको समूहले आक्रमण गरेको संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्