
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति बाल अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिएका छन्। सोमबार उनले कान्ति बाल अस्पताललाई ४६ हजार रुपैयाँ रकम हस्तान्तरण गरेका हुन्। मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा गरेका थिए।
अस्पतालमा क्यान्सर पीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषमा आर्थिक अभावका कारण कुनै नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिने मन्त्री थापाले निर्देशन समेत दिएका उनको निजी सचिवालयले जनाएको छ।
उनको निर्देशन अनुसार नै अहिलेसम्म कुनैपनि बालबालिका आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए। २०७२ सालभरीमा पुराना ५८४ जना र नयाँ ४५ जनाको उपचार गरिएको उनले जानकारी दिए। अंकोलोजी वार्डमा २६ शैया रहेको छ।
सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएको कोषमा अहिले चार करोड रुपैयाँ रहेको डा रायमाझीले जानकारी दिए। मन्त्री थापाको सहयोग र समर्थनले आफूहरुलाई हौसला बढेको बताउदै उनले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्