
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सत्तारुढ रथा विपक्षी दलका नेताहरुले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व राजा ज्ञानेन्द्र शाहमा भने कुनै न कुनै रुपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ।
विशाल जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजतन्त्रका समर्थकहरु मात्र होइन राजनीतिक विश्लेषकहरुसमेत तयार छैनन्।
पूर्व राजा ज्ञानेन्द्र पनि गणतन्त्र घोषणामा नेपाली भन्दा बाह्य शक्तिको भूमिका निर्णायक भएको ठान्छन्। त्यसैले नारायणहिटी छोडिसकेपछि पनि उनीबाट भारतमा राजनीतिप्रेरित भ्रमण पटकपटक भइसकेको छ र भारतबाट फर्कदाँ उनी सधैं आशावादी बनेर फर्कने गरेका छन्।
खासगरी गत वर्षको कात्तिकमा भएको भ्रमण र केही महिनाअघि नयाँदिल्लीको चौबिसघन्टे भ्रमणबाट निकै उत्साही भएका पूर्व राजा पछिल्लो समयमा भने आफूलाई अलम्याउने खेल मात्र भइरहेको हो कि भनी सशङ्कित हुन थालेको बताइन्छ। उनले अब वार कि पार हुनुपर्छ भन्ने मानसिकता बनाएका छन् र यसक्रममा निर्णायक वार्तालापका लागि उनी गत साता सिङ्गापुर गएका थिए।
सिङ्गापुरमा महत्पूर्ण राजनीतिक छलफल भएको र भारतसंगको संवाद सकारात्मक भए बेग्लै सन्देशसहित तथा संवाद सकारात्मक नभए एउटा छुट्टै प्रस्ताव लिएर पूर्व राजा चीनको राजधानी बेइजीङ जाने कार्यक्रम पहिले नै तय भएको थियो।
भारतीय विशेष दूतहरुसंगको छलफलपछि उनी सिंगापुरबाट सोझै बेइजिङ गएका छन्। छलफल चार दिनसम्म चलेको बुझिएको छ, तर निष्कर्ष कस्तो रह्यो भन्ने विषय गोप्य राखिएको छ।
नेपालमा गणतन्त्र घोषणापछि पूर्व राजाबाट भएको यो पहिलो चीन भ्रमण हो। चीनबाट उनी कहिले स्वदेश फर्कनेहुन यकिन हुन सकेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्