
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उदयपुर स् स्थानीय तह पुनर्संचना गर्दा गाउँपालिकाको केन्द्र अपायक ठाउँमा पारिएको भन्दै ५ गाविसका बासिन्दा आन्दोलित भएका छन्। रौता पोखरी, आँपटार, खाँबु, लाफागाँउ र साउने गाविसका वासिन्दाले गाउँपालिकाको केन्द्र भुट्टार नभइ रौतापोखरीमा बनाउनुपर्ने माग गर्दै मंगलबार जिल्ला विकास समितिको कार्यालय घेराउ गरेका छन्।
आँपटार र रौता पोखरीको सीमा क्षेत्र ऐतिहासिक पर्यटकीयस्थल रौता पोखरीमा गाउँपालिकाको केन्द्र हुनुपर्ने भन्दै स्थानीय वासिन्दाले कमल राईको नेतृत्वमा संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका हुन्। त्यसैगरी उनीहरुसँगै आन्दोलन गरेका खाँबु र साउनेका स्थानीयले त्रियुगा नगरपालिका नभई रौता माई गाउँपालिकामा समावेश हुन चाहेको आँपटार गाविसका वासिन्दा तथा एमाले विद्यार्थी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य केशव राईले बताए।
साउने र खाँबुबासीले भौगोलिक विकटता, विकासको हिसाबले पछि परेको ठाउँ, नगरपालिका बन्नका लागि आधार स्तम्भ नै तयार नभएकाले गाउँपालिकामा नै जोडिन चाहेको संर्घष समितिका संयोजक कमल राईले बताए । जिल्लाकै पर्यटकीय क्षेत्र, ऐतिहासिक धरोहर, सरकारी जग्गा प्रसस्त भएको ठाउँ, जलवायुका दृष्टिकोणले समेत असाध्य राम्रो ठाउँ भएकाले रौतापोखरीमा केन्द्र बनाउनु उपयुक्त हुने आँपटारीका वासिन्दा एमाले जिल्ला सदस्य टामिन्द्र राईले बताए।
‘केही नेताको स्वार्थ, राजनीतिक पहुँच प्रर्दशन गरी जनतालाई पायकभन्दा पनि आफू नेता बन्न पाउँछु कि पाउँदिन भन्ने चिन्ता ग्रसित भएको देखियो त्यो हाम्रा लागि कदापी स्वीकार्य छैन।’ स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले जिल्लामा ४ वटा नगरपालिका र ४ गाउँपालिका बनाउने निर्णय गरी कात्तिक २० गते स्थानीय तह पुनर्संरचना आयोगलाई प्रतिवेदन पठाइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्