
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार ३५ दिने सूचना जारी गर्दै जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको हो।
अधिग्रहण गरिने जग्गाको विवरण सार्वजनिक गर्दै कार्यालयले सम्बन्धित जग्गा र घरधनीहरुले ३५ दिन भित्र आ(आफ्नो हक र भोगचलन सम्बन्धि प्रमाण सहित मुआब्जारक्षतिपूर्ति दावी गर्न भनेको छ।
कार्यालयका अनुसार साबिक भूजौली गाविसको २ क, ३, ४ क र ख, ५, ६ ख, ७ क, ख र ग, ८ क, ९ क र ख, हाटी वनगाईको १ ख, ७ र ८ क, सिद्धार्थ नगर नगरपालिकाको ४ ग, ङ र च समेतको ४ हजार ५ सय ४ कित्ता र त्यसमा थपघट हुने अन्य समेत गरी झण्डै ५ सय बिघा जग्गा र त्यसमा रहेका ४ सय ७० घरटहराहरु अधिग्रहण गरिने छ। ती जग्गामा लगाइएको बाली, बोटबिरुवा तथा घरटहरा लगायतका भौतिक संरचनाहरु एक वर्ष भित्र नियम अनुसार उठाई लैजान पनि कार्यालयले भनेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्