Skip to content

सुनको मूल्य बढ्यो, चादी भने स्थिर

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार   सुनको मूल्य बढेको छ । सोमबार  ५ सयले घटेर  ५५  हजारमा  कारोबार भएको छापावाल सुन आज मंगलबार ५  सयले बढेर  प्रति तोला ५५ हजार ५ सयमामा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  
आज चाँदी भने  स्थिर रहदै प्रति तोला ८ सय  रुपैयाँमा कारोबार भईरहेको छ।  
 नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ५  सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७     हजार ३  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६  रुपैयाँ  कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्