- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहीबार सुनको मूल्य एकैदिन १४ सयले घटेको छ । बुधबार ५८ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन एकैदिन १४ सयले घटेको हो । बिहीबार ५६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन पनि बुधबारको तुलनामा प्रतितोला १४ सयले घट्दै ५६ हजार ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी पनि बुधबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको छ ।
बुधबार ८ सय ४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार ८ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।