
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – गत साता स्थानीय बजारमा सुनको भाउ रू १३ सयले घटेको छ । सातामा सुनको भाउसँगै डलरमा पनि न्यून कमी देखा परेको छ । आइतवार रू ५७ हजार ७ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू ५६ हजार ४ सयमा किनबेच भएको हो ।
साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार २ सय ५३ दशमलव ७५ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ६ रूपैयाँ ६९ पैसा रहेको छ । यो साता चाँदीको भाउ १५ रुपैयाँले बढेको हो ।
सोमवार सुनको मूल्यमा रू ४ सयको कमी देखिएको छ । मङ्गलवार मूल्य पूनः रू ४ सयले घटेर रू ५६ हजार ९ सयमा किनबेच भएको थियो ।
बुधवार भने सुन रू १३ सयले बढ्यो । बिहीवार भाउ रू.१४ सयले सस्तिएर रू .५६ हजार ८ सय पुगेको थियो । शुक्रवार सुनको मूल्य रू. ४ सयले बढेर रू। ५६ हजार ४ सयमा किनबेच भएको हो । आइतवार रू. ८ सय ३० मा कारोबार भएको चाँदी शुक्रवार बढेर रू। ८ सय ४५ मा किनबेच भएको थियो ।
गत हप्ताको सुन चाँदीको मूल्य प्रतितोलामा
वार सुन चाँदी
आइतवार ५७७०० ८३०
सोमवार ५७३०० ८२५
मङ्गलवार ५६९०० ८२५
बुधवार ५८२०० ८४५
बिहीवार ५६८०० ८३५
शुक्रवार ५६४०० ८४५
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्