Skip to content

सुनको मूल्य बढ्यो , चाँदीको स्थिर

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – साताको चौथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार  ५ सयले बढेर  ५५  हजार ५ सयमा  कारोबार भएको छापावाल सुन आज बुधबार १ सयले बढेर  प्रति तोला ५५ हजार ६ सयमामा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  

आज चाँदी भने  स्थिर रहदै प्रति तोला ८ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।  नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ६   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७     हजार ४   सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६  रुपैयाँ  कायम गरिएको छ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्