- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चांदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार २ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरिएको छ।