- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार तोलामा ८ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० कायम गरिएको छ।