- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार तोलामा ४ सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी भने स्थिर रहदै प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० कायम गरिएको छ।