Skip to content

सुनचाँदीको मूल्य घट्यो

Dish Home

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सोमबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। आइतबार प्रति तोला ५७ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज सोमबार  तोलामा ४  सयले घटेर प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिनको तुलनामा चांदी तोलामा ५ रुपैयाँले सस्तो  भएको हो । 
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार १  सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ९  सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ७  रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्