Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य वृद्धि

अर्थ सरोकार

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ  । सोमबार  प्रति तोला ५५ हजार  १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ३  सयले बढेर प्रति तोला ५५ हजार ४  सयमा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार १   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  प्रति तोला ७  सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। हिजोको तुलनामा यो ५ रुपियाँले बढी हो   ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ४  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २ सय ८०   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा  कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK