साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी स्थिर रहदै प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।