
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सर्वसाधारणलाई साधारण शेयर निष्काशन गरेको करिब ५ महिनापछि ग्रिन डेभलपमेन्ट बैंकको नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार खुला गरिएको छ।
आज बिहिबार अर्थात मङ्सिर ९ देखि कारोबार खुला गरिएको ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता सेयरमूल्य ८३ रुपैयाँदेखि २४८ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ। बैंकको जिआरडिबिएल कोडमा सेयर कारोबार भएको छ।
चुक्ता पुंजी १० करोड रुपैयाँ पुर्याउन बैंकले गत जेष्ठ २३ देखि २६ सम्म सर्वसाधारणका लागि ४ करोड ५० लाख रुपैयाँका ४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रि गरेको थियो।
बाग्लुङमा मुख्य कार्यलय रहेको तीन जिल्ले विकास बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको अधिकृत पुंजी ५० करोड, जारि पुंजी १० करोड र चुक्ता पुंजी १० करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई साधारण शेयर निष्काशनपछी बैंकको सेयर स्वामित्व संस्थापक ५५ र साधारण ४५ प्रतिशत पुगेको छ।
बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्