×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा पूर्वराजाको त्रास

LAXMI SUNRISE BANK

माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा पूर्वराजाको त्रास

१२ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राजसंस्थालाई आर्दश मान्ने राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहबाट खतरा देखे ।
संविधान संशोधनका बिषयलाई लिएर बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री दाहालले पूर्वराजा ज्ञानेन्द्रबाट आफुले खतरा देखेको बताए । उनी भारत र चीन दुवैतिर मुभ भएका छन् र त्यहाँ अध्याँरो कोठामा बसेर ग्राइन्ड डिजाईन गरिरहेका छन, बैठकमा दाहालले भने ज्ञानेन्द्रले प्रतिगामी कदमको सुरुवात गरिसकेका छन्, त्यसलाई परास्त गर्न पनि संविधानलाई सर्वस्वीकार्य बनाउन जरुरी छ ।
पूर्वराजाले भारत र चीन पुगेर उपलब्धि खतरा मार्ने योजना बनाएको दाहालले बताए । उनले भने ज्ञानेन्द्र ठुलो योजनाको तानावाना बुन्दैछन्, यसलाई परास्त गर्न संविधानको स्वीकार्यता बढाउनु पर्छ, र उपलब्धिको रक्षा गर्नु पर्दछ ।
प्रधानमन्त्री दाहालले पूर्वराजा ज्ञानेन्द्रबाट खतरा रहेको बताएपनि राजसंस्थालाई आर्दश मान्ने र संबैधानिक राजतन्त्रको वकालत गर्ने कमल थापालाई आफ्नै नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनाउने योजना बनाएका छन् । उनलाई स्थानीय वा परराष्टमन्त्रीसहित उप्रप्रधानमन्त्री बन्न उनले आग्रह गरेका छन् ।
पूर्वराजालाई देखाएर प्रधानमन्त्री दाहालले संविधान सशोधन प्रस्ताव आफ्नो दलबाट पारित गराउन खोजेका थिए । तर प्रदेश नम्वर .५ विभाजन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा भने माओवादी पार्टीभित्र विवाद भएको छ । अधिकाँस पोलिटब्यूरो सदस्यहरुले प्रदेश नम्वर ५ विभाजित गर्ने प्रस्तावको विरोध गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री दाहाल माओवादी केन्द्रको पोलिटब्यूरो बैठकबाट शनिवार नै पारित गराउन चाहान्थे तर चर्काे आलोचनाका कारण उनी सफल हुन सकेनन् ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी