×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो बिकास बैंकलाइ फाप्यो नयाँ सिइओ, संचालन मुनाफामा २०९ प्रतिशतको वृद्धि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हाम्रो बिकास बैंकलाइ फाप्यो नयाँ सिइओ, संचालन मुनाफामा २०९ प्रतिशतको वृद्धि

१६ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं-  हाम्रो बिकास बैंक लिमिटेडलाई नयाँ सीइओ फापेको छ । बैंकमा केहि समय अगाडीमात्र सिए पारस राज कंडेल सीइओको भएर गएका थिए । बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा खुद मुनाफा १ करोड ७० लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ६२ दशमलव २५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले ६८ लाख १४ हजार रुपैयाँ कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ७७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव २५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव ०८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १४ दशलमव ०८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव ५३ रुपैयाँ र तरलता अनुपात २५ दशमल ८३ प्रतिशत रहेको छ ।
१२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी भएको हाम्रो बिकास बैंकले जगेडा कोषमा ५ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने कर्जा तर्फ ४८ दशमलव ६२ प्रतिशतले बढेर ९२ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७३ दशमलव ७३ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा २ सय ८ दशमलव ९०२ प्रतिशतले वृद्धि गरी २ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २० लाख ५७ हजार रुपैयाँ राखेको छ भने खराबकर्जा २५ लाख ६३ हजार रुपैयाँ उठाउन सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: