
- गणेश घिमिरे / इलाम एक्प्रेस
शिक्षा ऐनले गरेको ब्यवस्था अनुसार सुविधा लिएर वाहिरिने अस्थायी शिक्षकको तुलनामा प्रतिष्पर्धामै जान चाहनेको संख्या इलाममा धेरै देखिएको छ । सुविधा लिने अथवा प्रतिष्पर्धामा जाने भन्ने विकल्प रोज्न दिईएको समयमा फारम भरेका अस्थायी शिक्षक मध्ये धेरैले प्रतिस्पर्धा रोजेका हुन् । उनीहरुको तथ्याङ्क संकलन गर्न शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई दिएको समय भित्र फारम भरेका अस्थायी शिक्षक मध्ये धेरैको रोजाई प्रतिष्पर्धानै रहेको छ ।
ऐनमा भएको व्यवस्थाले आफूहरुलाई ‘अयोग्य’को बिल्ला भिराइदिन लागेको ठहर सहित आफूहरु प्रतिष्पर्धामै जान ईच्छुक भएको अधिकाँश अस्थायि शिक्षकहरुले बताएका छन् । लामो समय सम्म पढाइसकेको हिसाबबाट समाजमा प्रतिष्ठित भएर हिँड्नुपर्ने बेलामा आएको शिक्षा ऐनका कारण घर परिवारदेखि विद्यार्थी, समाज र सरकारका अघि अयोग्य हुन विवस बनाईएको इलाम नामसालिङ्ग उच्च माविमा कार्यरत अस्थायी शिक्षक सागरमणि निरौलाले बताउनुभयो कुनै सोर्सफोर्स नलगाइ, कसैको चाकरी नगरी शिक्षण पेशामा प्रवेश गरेको जनाउँदै उहाँले तोकिएका परीक्षा सबै पास गरेकै हुनाले प्रतिष्पर्धाबाट नडराउने हुँनाले परिक्षा दिनेमै फाराम भरेको बताए ।
सेवा सुविधा शिक्षकमैत्री नभएकोले प्रतिष्पर्धामै जान लागेको निरौलाको भनाई थियो । निरौला प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला शिक्षा कार्यालय इलामको तथ्याङ्क अनुसार इलाम जिल्लामा कार्यरत जम्मा ४ सय २० जना अस्थायि शिक्षक मध्ये २ सय ६० जना शिक्षकहरुले सुविधा लिनेभन्दा परिक्षामा सामेल हुनेगरी रोजाई फाराम भरेका छन् ।
बाँकि एकसय ६० जना शिक्षकले भने गोल्डेन ह्याण्डसेकको सेवा सुबिधा लिएर बाहिरीनेमा रोजाई फाराम भरेको कार्यालयका शाखा अधिकृत डम्बरबहादुर सुवेदीले बताउनुभयो । शिक्षा कार्यालय इलामको तथ्याङ्क अनुसार प्राबि तहमा कार्यरत ३ सय ३७ जना शिक्षकमध्ये दुईसय १८ जना शिक्षकले प्रतिष्पर्धामा जाने र बाँकि १ सय १९ जना शिक्षकले गोल्डेन हेण्डसेकको सुबिधा लिनेमा रोजाई फाराम भरेका छन् । यसैगरी निमावि तहमा कार्यरत जम्मा ४८ जना शिक्षक मध्ये २१ जनाले प्रतिष्पर्धा गर्ने र बाँकि २७ जनाले सेवा सुबिधा लिएर बाहिरीनेमा रोजाई फाराम भरेका छन् ।
त्यस्तै मावि तहमा कार्यरत जम्मा ३५ जना शिक्षक मध्ये २१ जनाले परिक्षामा सामेल हुनेमा फाराम भरेका छन् भने १४ जनाले गोल्डेन ह्याण्डसेकमा फाराम भरेका छन् । अस्थायी शिक्षकहरुको तथ्यांक र उनीहरुकको रोजाइका बारे विवरण संकलन गर्न शिक्षा विभागले निर्देशन दिएपछि बिभिन्न शिक्षक संघ–संगठनले बिरोध गर्दै आएको छ ।
शिक्षा ऐन विभेदकारी भएको र अस्थायी शिक्षकका समस्यालाई समाधान गर्नका लागि सरकारले उपयुक्त विकल्प नदिएको भन्दै फारा मभर्ने समयमा शिक्षकका पेशागत संघ संगठन र अस्थायी शिक्षक संघर्ष समितिले बिरोध गरेको थियो ।
अस्थायी शिक्षकलाई पहिले प्रतिस्पर्धामा सामेल गराउनु पर्ने र पास नभए पनि ऐनले तोकेको सुविधा भने दिनुपर्ने उनीहरुको माग छ । शिक्षा ऐन २०२८ को आठौं संशोधनमा अस्थायी शिक्षकलाई एक पटकका लागि गोल्डेन ह्याण्डसेक लिनेकी प्रतिस्पर्धामा गएर स्थायी हुने भन्ने विकल्प राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्