Skip to content
LAXMI SUNRISE BANK

शिक्षा कार्यालय इलाममा १ वर्षमा एक अर्ब भन्दा बढी बजेट खर्च

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ  – जिल्ला शिक्षा कार्यालय इलाममा चालु आर्थिक वर्षमा १ अर्ब भन्दाबढी बजेट खर्च हुने भएको छ। विद्यालय क्षेत्र विकास कार्यक्रम चालु खर्च, विद्यालय क्षेत्र विकास कार्यक्रम पूँजीगत खर्च, सबैका लागि शिक्षा प्राथमिक शिक्षा, माध्यमिक र उच्च माध्यमिक तहको शिक्षकहरुको तलब भत्ता, कार्यालय संचालन खर्च, अनौपचारीक शिक्षा केन्द्र र शिक्षक सेवा निवृत्त सुविधाका लागी चालु आर्थिक वर्षमा १ अर्व २० करोड ३१ लाख ७३ हजार २ सय ७३ रुपैँया बजेट विनियोजन गरिएको हो। 
 जिल्ला शिक्षा कार्यालयले दिएको तथ्याङ्क अनुसार विद्यालय क्षेत्र विकास कार्यक्रममा २० वटा कार्यक्रम संचालन भएका छन्। जसका लागी २९ करोड ८९ लाख ७९ हजार रुपैया बजेट स्विकृत भएको छ। त्यसैगरि, विद्यालय क्षेत्र विकास कार्यक्रमको पुँजीगत खर्च अन्तर्गत यन्त्र उपकरण तथा मेसिन औजार खरिद तथा मर्मतका लागि ३ लाख ८५ हजार रुपैया विनियोजित गरिएको छ।
आधारभूत तथा निम्न माध्यमिक दरवन्दी शिक्षक भत्तामा ६१ करोड ५९ लाख ४० हजार, राहत शिक्षक तलब भत्तामा १० करोड ८५ लाख ७६ हजार ६ सय र माध्यमिक तथा उच्च माध्यमिक तहका शिक्षकको तलब भत्तामा १६ करोड २९ लाख ६२ हजार २ सय रुपैँया विनियोजन गरिएको जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी निर्मल ढुङगेलले बताए।
 त्यस्तै कार्यालय संचालन खर्चमा ६७ लाख ३३ हजार, अनौपचारिक शिक्षा सम्बन्धि कार्यक्रम संचालनका लागि २९ लाख ६५ हजार ९ सय ९० र शिक्षक निवृत्ति सुविधामा ६६ लाख २९ हजार ४ सय ८३ रुपैयाँ विनियोजन गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK