×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारले लगायो पाँच सय र एक हजारका पुराना नोटमा प्रतिबन्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारत सरकारले लगायो पाँच सय र एक हजारका पुराना नोटमा प्रतिबन्ध

२४ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – भारतमा सरकारले पाँच सय र एक हजारका पुरानो नोटमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धनमा नियन्त्रण गर्नका लागि पाँच सय र एक हजारका पुरानो नोटमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भ्रष्टाचार, जाली नोट र कालो धन नियन्त्रणका लागि नोटमा प्रतिबन्ध लगाएको बताए र मंगलबार राति १२ बजेदेखि पाँच सय र एक हजारका पुरानो नोट प्रयोग गर्न नपाइने भएको छ ।
कालो धन तथा भ्रष्टाचार गरिबी निवारणका बाधा रहेकाले यस्तो कदम चालिएको प्रधानमन्त्री मोदीले बताए । पुरानो नोटको सट्टा पाँच सय र एक हजारका नयाँ नोट जारी गरिने समेत उनले बताए । यसले करछली गर्नेलाई पनि करको दायरामा ल्याउने सरकारको आशा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी