
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको बैंकिङ प्रणालीमा भारु ५०० र १००० का नोट साढे तीन करोड रुपैयाँ बराबर मात्र रहेको पुष्टि भएको छ।
सबै बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स कम्पनी एवं भारु साट्ने अनुमति पाएका मनी चेञ्जर, होटल एवं ट्राभल एजेन्टहरुले आफुसँग उक्त दरको त्यति नोट रहेको राष्ट्र बैंकमा रिपोर्टिङ गरेका हुन्।
बिहिबार साँझ सम्ममा प्रणाली भित्र कति भारु छ भन्ने रिपोर्टिङ भइसकेको छ, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले भने( ती नोट व्यवस्थापनका लागि कुटनीतिक पहलमा छौँ ।
वित्तिय प्रणाली भित्र धेरै ठूलो परिमाणको भारु नरहेको भए पनि सर्वसाधारणसँग उक्त नोट कति छन् भन्ने जानकारी छैन। आफुसँग भएको भारु ५०० र १००० को नोट कसरी साट्ने भनेर सर्वसाधारणबाट निरन्तर फोन आइ रहेको ढुङ्गानाले बताए ।
अझै पनि भारतबाट सटही सुविधा पाउने ग्यारेन्टी आएको छैन, उनले भने( निचोडमा पुगेपछि सर्वसाधारणलाई जानकारी दिन्छौँ ।
नेपालीले प्रति व्यक्ति २५ हजार रुपैयाँसम्मको ५०० र १००० भारु नोट बोक्न पाउँछन्। त्यसैले एक जना बराबर कम्तिमा त्यति रकमको सटही सुविधा दिन राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक एवं नेपाल स्थित भारतीय दूतावास मार्फत भारत सरकारलाई अनुरोध गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्