
एजेन्सी – उत्तर प्रदेशको हरदोई जिल्लाका प्रहरी उपरीक्षक चढ्ने सरकारी गाडी चोरेर नेपाल ल्याएका भारतीय नागरिक स्वचालित हतियारसहित पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र पर्सा प्रहरीको संयुक्त अप्रेसनमा बिहारको पूर्वी चम्पारण ढाका थानाका मोहम्मद समिम अख्तर पक्राउ परेका हुन् । उनलाई बुधबार दुई थान हतियार र २३ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत कात्तिक २० गते अख्तरले लखनउ नजिकैको हरदोईका एसपी चढ्ने युपी ३० जी ०२१९ नम्बरको सेतो गाडी चोरी गरी नेपाल भित्र्याएका थिए । गाडीमा रेडियो सेट र रातो बत्ती जडान गरिएको थियो ।
जिल्ला प्रहरीमा बिहीबार सार्वजनिक गरिएका अख्तर बिहार र युवीमा ‘मोस्ट वान्टेड’ अपराधी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्