
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रथम उद्योग दिवस बिहीबार औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ। उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा उद्योग दिवस मनाउने सरकारको निर्णय अनुसार बिहीबार प्रथम उद्योग दिवस मनाउन लागिएको उद्योग मन्त्रालयले जनाएको छ।
औद्योगिक प्रवर्धनका लागि लगानीको वातावरण बनाउन तथा सरकारी, गैरसरकारी र नीजि क्षेत्रको सम्बन्ध बनाई समन्वयात्मक रुपमा उद्योग क्षेत्रको विकास अघि बढाउने उद्देश्यले विक्रम सम्बत १९९२ मंसिर ९ गते उद्योग परिषद स्थापना भएको थियो।
दिवसका अवसरमा उद्योग मन्त्रालयले गर्ने विशेष कार्यक्रममा मन्त्रालयले सरकारका उद्योग संग सम्बन्धित नीति कार्यक्रम र मन्त्रालयका कामकारवाही तथा नीजि क्षेत्रबाट उद्योग विकासमा भईरहेका काम र प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयका सूचना अधिकृत दिनेश कुमार घिमिरेले जानकारी दिए।
प्रथम उद्योग दिवसका अवसरमा सन्देश दिंदै उद्योगमन्त्री नविन्द्रराज जोशीले दीगो एवं वृहत् आधार सहितको औद्योगिक विकासद्वारा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी गरिबी निवारणमा सहयोग पुर्याउन सकिने विश्वास व्यक्त गरेका छन्। उनले देश र जनताले चाहेको आर्थिक समृद्धि हासिल गर्न आर्थिक स्थायीत्वको माध्यमबाट नीजि क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्