
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – आज देखि नेपाली बजारमा एप्पलको आइफोन सेभेन र सेभेन प्लसको बिक्रि सुरू भएको छ। एप्पलका लागि नेपालको अधिकृत विक्रेता जनेरेसन नेक्स्ट कम्युनिकेसनले एप्पलको आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा भित्र्याएको हो।
लविम मलमा रहेको इभो स्टोर ललितपुरमा एक कार्यक्रमका वीच उक्त सेटहरु सार्वजनिक गरिएको हो। स्टोरका निर्देशक तरुण बज्राचार्य, लविम मलका अध्यक्ष नकिम उद्धिनले एक समारोहका वीच आइफोन सेभेन सार्वजनिक गरेका हुन्।
नेपाली बजारमा मङ्सिर ३, शुक्रबार बिहान ८ बजेदेखि औपचारिक रुपमा एप्पलका उक्त सेटहरुको बिक्रि सुरु गरिएको हो। हाललाई एप्पलका उक्त सेटहरु ५ कलरमा उपलब्ध रहेको जनाइएको छ। साथै बबरमहलमा रहेको ओलिज स्टोर्स र शेर्पा महलमा रहेको इभो स्टोरबाट आइफोन एनसेल किस्तामा किन्न सकिने जनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले जनाएको छ।
आइफोन सेभेनको स्थानीय बजार मूल्य ९१ हजार रुपैयाँदेखि १ लाख १९ हजार ५ सय रुपैयाँ र सेभेन प्लसको १ लाख ८ हजारदेखि १ लाख ३६ हजार ५ सय रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्