
एजेन्सी – इजरायलको तेस्रो ठुलो शहर हैफामा भिषण आगलागी भएको छ। बुधबार बिहानको करिब ११ बजेदेखिबाट शुरु भएको आगलागीबाट बचाउनका लागी करिब ७० हजार नागरिकलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
पछिल्लो दुई महिना यता सुख्खा जंगलबाट सुरु भएको आगो बस्ती हुँदै लगभग उक्त हाइफा शहर आधा आगोले छोपिसकेको छ। यद्दपी मानबिय क्षती नभएको एजेन्सीले जनाएका छन।
सुख्खा मौसमका कारण दक्षिणी भुभागमा चलेको तिब्र हावाका कारण आगो झनै फैलिएको छ। उक्त आगोको ठोस कारण पत्ता नलागेपनि केहि समूहहरुको योजनामा आगो लगाइएको हुन सक्ने इजरायलका प्रहरी प्रमुखले आशंका गरेका छन।
कसैको योजनामा आगजनी भएको भए यसलाई ुआतंकबादु मानिने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्हुले बताएको एजेन्सीले जनाएका छन।
आगो नियन्त्रणका लागि इजरायली अग्नि नियन्त्रकका साथै टर्की, जापान, इटाली, रुस लगाएतबाट फाएर फाइटर बिमानहरु निरन्तर आइरहेका छन् तर पनि नियन्त्रणमा ल्याउन सकेको छैन। हैफाका उत्तरी क्षेत्रका भवनहरु समेत आगोको चपेटामा आएको जनाइएको छ। अन्य १२र१३ ठाउँमा पनि आगलागी भएको छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्