
काठमाडौं – ‘औला चाहिँ नदेखाउनुस ? तपाईहरु को हो र यो गाडिबारे सोध्ने ? ती गाडि चालक बम्किदैं सेतोपाटी सञ्चारकर्मीहरुलाई आखाँ तर्काए । पछि बल्ल सञ्चारकर्मी भएको थाहापाएपछि लाइनमा आए अनि कहन थाले– ‘यो गाडि भर्खरै नेपाल विद्युत प्राधिकरणबाट सरुवा भएर आएको हो ।’
आइतबार सञ्चारकर्मीले गाडितिर औला देखाउँदा आक्रोसित भएका उनी पछि निकै आत्तिएका थिए । त्यससँगै उनले फटाफट भन्न थाले– ‘भर्खरै नेपाल विद्युत प्राधिकरणबाट आएको गाडी यही त हो, ल्याउँदा अर्कै थियो, यहाँ आइपुगेपछि फेरियो,’ फेरि उनले भने, ‘त्यहाँबाट आउँदा निजी नम्बर प्लेट थियो, यहाँ आइपुग्दा सर्लक्क निजी नम्बर झिकेर मन्त्री चढ्ने सरकारी प्लेट राखियो ।’
यो गाडि तिनै उर्जामन्त्री जर्नादन शर्माले पाएको ‘गिफ्ट’ हो । उनी मन्त्री भएपछि सवारी साधनविहीन भएका उनलाई वर्तमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपहारस्वरुप नीजि गाडि दिएका हुन ।
निजी गाडीमा मन्त्री चढ्ने प्लेट र राष्ट्रिय झन्डा राखेर सिंदरबार आवतजावत गरिरहेका छन् । झन्डा फहराएर हिँडेका उनलाई बीच बाटोमा रोक्ने कुन ट्राफिक बहुलाएको छ र ? ती चालके भने– ‘यहाँ मन्त्रीले गाडी ल्याएर सरकारी नम्बर प्लेट आफूखुसी राख्छन् ।’

बा.२ झ. ५७९३ को यो गाडी न त मन्त्रीहरूलाई गाडीको बन्दोबस्त गर्ने गृह मन्त्रालयको रेकर्डमा छ, न त ऊर्जा मन्त्रालयको अभिलेख पल्टाउँदा कतै भेटिन्छ ।
अहिले उर्जामन्त्री जर्नादन शर्माले सिंहदरबार आवतजावत गर्नका लागि तीनवटा सरकारी र नीजि गाडि प्रयोग गरिरहेका छन् । उता,यातायात कार्यालय स्रोतका अनुसार यो गाडी कानुनी रुपमा बा.१३च. ५७९३ विद्युत प्राधिकरणकै नाममा दर्ता भएको बताएकोछ ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्