
रुकुम– उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गरीव परिवारलाई ५ वर्षमा १० लाखको धनी बनाउने योजना अघि सारेका छन् । नेकपा माओवादी केन्द्र रुकुमको छिवाङ्ग गाउँ सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ योजनामार्फत गरीव जनतालाई धनी बनाउने योजनामा सहभागी हुन सवैलाई आग्रह गरे ।
ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपिँया शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको भन्दै उनले त्यसमा सहभागी हुन आव्हान गरे । एक लाख रुपैँया एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको मन्त्री शर्माले जानकारी दिए ।
एक लाख रुपिँया शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए । मन्त्री शर्माले भने “लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन् , फाराम भर्नुहोला” ।
उर्जामन्त्री शर्माले ग्रामिण विद्युतीकरण आयोजना अघि बढाउन लागिएको समेत जानकारी दिए । उनले ग्रामिण विद्युतीकरण योजनामार्फत जनतालाई अँध्यारोमुक्त गर्ने भन्दै उर्जामन्त्रालयको तर्फबाट छिट्टै ग्रामिण विद्युतीकरणको योजना अघि र्साने बताए ।
मन्त्री शर्माले भने “यस आयोजना मार्फत देशका सवै गाँउहरु विजुलीमय बनाउन सकिन्छ” । मन्त्री शर्माले रुकुममा २३ हजार मेगावाट क्षमताको विद्युत उत्पादन गर्नसकिने गरी कुरा अध्ययन तथा सर्वेक्षण कार्य अघि बढाइएको जानकारी दिए ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्