
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गरे।
कार्यक्रममा जापानी राजदूत ओगावाले नेपालका ग्रामीण समुदायका मानिसलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सहयोगस्वरुप एम्बुलेन्सहरु प्रदान गरिएको बताए। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सन्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रससँग तीन दशकदेखि खानेपानी, सरसफाइलगायतका मानवीय सेवामा सहयोग गर्दै आएकामा जापान सरकार, जापानी रेडक्रस र त्यहाँका जनताप्रति आभार व्यक्त गरे।
नेपाल रेडक्रसका गुल्मी, प्यूठान, मोरङ् र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिलाई ती एम्बुलेन्सहरु बुधबार नै हस्तान्तरण गरिएको छ। ती एम्बुलेन्सहरुको लागत करिब ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६७ जिल्लाका २०५ स्थानबाट एम्बुलेन्स सेवा दिँदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्