
एजेन्सी – जापानको राजधानी टोकियोमा ५४ वर्षपछि हिउँ परेको छ । तापक्रम औसतमा १० देखि १७ डिग्री सम्म रहने यो समयमा हिउँ परेपछि टोकियोबासी अचम्ममा परेको बिबिसीले जनाएको छ ।
मध्य टोकियोमा स्थानीय समय अनुसार बिहान सवा ६ बजेदेखि हिउँ पर्न शुरु गरेको थियो । औसतमा हिमपात शुरु हुने समय भन्दा ४० दिन अघि र गएको वर्ष भन्दा ४९ दिन अघि हिउँ परेको जापान टुडेले जनाएको छ ।
टोक्यो र योकोहामा लगायत पूर्वी शहरहरुमा हिउँ परेपछि यातायात सेवा प्रभावित भएको छ । चिसो बढेपछि बिजुलीको माग ह्वात्तै बढेको टोक्यो ईलेक्ट्रिक पावर कम्पनी टेप्कोले जनाएको छ ।

राजधानी टोक्यो र आसपासका क्षेत्रमा तापक्रम शून्यमा झरेको छ । हिउँ परेपनि तापक्रम माईनसमा नझरेकाले हिउँ नजमेको र यदि हिउँ जमे त्यो ईतिहासमै पहिलो पल्ट हुने समाचारमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्