×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हामी संविधान संशोधनको पक्षमा छैन : एमाले नेता झलनाथ खनाल

PRIME CA
GLOBAL IME BANK

हामी संविधान संशोधनको पक्षमा छैन : एमाले नेता झलनाथ खनाल

२४ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले संविधान संशोधनको पक्षमा नरहेको बताएका छन् ।  कपिलवस्तुको राजा सुद्धोधनको राजप्रसाद तिलौलाकोट दरबारको भ्रमणका क्रममा रहेका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो पार्टी संविधान संशोधनका पक्षमा नरहेको बताए उनले भने ।

देशको अग्रगतिलाई मध्यनजर गर्ने बाहेकका विषयमा अन्य दलहरुले संशोधनको कुरा निकालेर उफ्रिर्नु सकारात्मक नभएको भन्दै उनले टिप्पणी समेत गरेका छन् ।  केही मधेसी नेताहरु संविधानप्रति असन्तुष्ट हुनु स्वभाविक भएको प्रतिक्रिया दिदैं उनले मधेसका बहुसंख्यक जनताले संविधान स्वीकार गरेको दाबी गरे ।
देशको इतिहासको अध्ययन गर्ने शिलसिलामा कपिलवस्तुको तिलौराकोटबाट गणतन्त्रको उद्गम भएको भन्ने बुझेर नै सामाजिक सांस्कृतिक भ्रमणका लागि आफू कपिलवस्तु आएको खनालले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: