
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं –राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्ड नेतृत्वको सरकारले भारत परस्त परराष्ट्र नीति अवलम्बन गरेको आरोप लगाएका छन् । मिडीया नेपाल दाङले आज तुलसीपुरमा गरेका साक्षात्कारमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले अहिलेको सरकार चीनलाई चिढाउँदै भारतलाई खुसी पार्ने ध्याउन्नमा लागेको बताए । उनले सरकार छिमेकी मुलुकसंगको सम्बन्ध समान बनाउन असफल रहेको आरोप लगाउँदै प्रचण्ड नेतृत्वको सरकारले भारत परस्त परराष्ट्र नीती अवलम्बन गरेको दाबी गरे ।
“प्रचण्ड नेतृत्वको सकार यो वा त्यो नाममा भारतलाई खुसी बनाउन चीनलाई चिढाएर अघी बढ्दै छ, थापाले भने,“यो सरकारको भारत परस्त परराष्ट्र नीती हो ।” सरकारले भारत र चीनबीच समान कुटनीतिक सम्बन्ध राख्न नसके नेपाललाई कालान्तरसम्म नोक्सान हुने दावी गरे ।
उनले तत्कालीन सात दल र माओवादी बिच १२ बुँदे सहमती भएदेखी नेपालको पराष्ट्र नीती भारत परस्त भएको तर्क गर्दै उनले केपी ओली प्रधानमन्त्री हुँदा आफूले चीनसंग पनि नेपालको भारत जत्तिकै कुटनैतिक सम्बन्ध कायम गरेको दाबी गरे । उनले चीनसंग पारवाहन सम्झौता गरेर आफूले नेपाल भारतकै भर पर्नुपर्छ भन्ने कुराको अन्त्य गरेको जिकिर गरे ।
फरक प्रसंगमा उनले हिन्दु धर्मलाई नष्ट गर्न केही गैह«सरकारी संस्था संगठित रुपमा धर्म परिवर्तन गराउने अभीयानमा लागेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारसंग आग्रह गरे । उनले बहुसंख्यक जनता हिन्दु राज्यको पक्षमा हुँदाहुँदै पनि देशरलाई धर्म निरपेक्ष घोषणा गर्नु गलत भएकाले नेपाललाई हिन्दु राज्य बनाउन राप्रपा नेपाल जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्