
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राप्रपा संसदीय दलका अध्यक्ष कमल थापाले संविधानमा चित्त नबुझे बन्दुक बोकेर जंगलमा जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधन विधेयकमाथि प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाहितका संघीय गठबन्धसँग छलफल गरिरहदा अध्यक्ष थापाले यस्तो मन्तव्य दिएका हुन ।
संविधानमा चित्त नबुझ्दौमा कोहीपनि जंगल पस्नु पर्ने अवस्था नरहेको औंल्याउँदै थापाले चाँडोभन्दा चाँडो समस्या समाधान हुन जरुरी रहेको बताए । अहिले सीमामा नाकाबन्दी गरेर जनतालाई दुःख दिनुपर्ने आवश्यकता पनि छैन उनले भने जनताको माझमा गएर आफ्ना मान्यतालाई स्थापित गर्न सकिन्छ ।
अस्ति मधेस झरेर मैले सुरक्षा निकायका अंगहरुसँग कुराकानी गरेको छु । ०५२ सालमा एउटा भरुवा बन्दुक, एउटा पेस्तोल र सय जना गुरिल्लाबाट सुरु गरिएको हिंसात्मक द्वन्द्व हामी सबैको आँखामा झलझली नाचिरहेको छ ।
अहिले मधेसको समस्या के छ रु राज्यले यो हेर्नू जरुरी छ ।त्यसैले आगामी निर्वाचनको अनुकुल वातवरण बनाउनका निमित्त यथासम्भव चाँडो मधेसको समस्या सम्बोधन होस । थापाले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्