- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कनकाई विकास बैङ्क लिमिटेडको चालू आवको पहिलो त्रैमासमा खुद मुनाफा रू। ८९ लाख पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ८४ दशमलव ८४ प्रतिशत बढी हो । बैङ्कको सञ्चालन नाफा, कर्जा तथा सापटी र खुद ब्याज आम्दानी बढ्नाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।
बैङ्कको गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सञ्चालन नाफा ७८ दशमलव ९८ प्रतिशतले बढेर रू। १ करोड ३५ लाख पुगेको छ । त्यसैगरी, कर्जा तथा सापटी २७ दशमलव ५८ प्रतिशतले बढेर रू। १ अर्ब ८ करोड पुगेको छ र बैङ्कको जगेडा कोष २२ दशमलव ५६ प्रतिशत बढेर रू। ५ करोड ८३ लाख पुगेको छ ।
गत आवमा रहेको ४ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ । बैङ्कले खुद ब्याज आम्दानी रू। ३ करोड ८२ लाख कमाउन सफल भएको छ । बैङ्कको समिक्षा अवधिमा निष्कृय कर्जा शुन्य दशमलव ९५ प्रतिशत रहेको छ ।