×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमलेन्द्रलाई रोक्न कस्सिए खुमबहादुर

LAXMI SUNRISE BANK

विमलेन्द्रलाई रोक्न कस्सिए खुमबहादुर

४ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अति विश्वास पात्र तथा गृहमन्त्री विमलेन्द्र निधिलाई उपसभापति बन्नबाट रोक्न नेता खुमबहादुर खड्काले चाल चालेका छन् । पार्टीका महाधिबेशनमा देउवाबाट उपसभापतिको आश्वासन पाएपनि खड्काले उपसभापतिको दौडबाट पछि हटेका छन् । देउवाले उपसभापति निधिलाई नै बनाउने देखेपछि त्यसलाई रोक्न खड्काले अर्का नेता गोपालमान श्रेष्ठलाई अघि सार्दै आफू दौडबाट बाहिरिएका छन् ।

१९ कात्तिकमा खड्काले देउवालाई भेटेर नयाँ सर्तहरु राख्दै उपसभापतिको दौडबाट बाहिरिएको जानकारी गराएको स्रोतले बताएको छ । उपसभापतिको दौडबाट बाहिरिएका खड्काले महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउनुपर्ने, नयाँ सर्त राखेका छन् । तर देउवा भने ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउने योजनामा छन् । साथै खड्काले केन्द्रीय समितिमा मनोनित गर्न बाँकी १० सदस्यमध्ये पाँचजना आफू निकटका ब्यक्तिलाई मनोनित गर्नु पर्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त राखेका छन् । उनको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएको उनी निकट स्रोतले बताएको छ ।

खड्काले निधिलाई उपसभापतिमा रोक्न र गोपालमानलाई बनाउन चलखेल पनि सुरु गरिसकेका छन् । श्रेष्ठलाई टेलिफोन गरी खड्काले आफु उपसभापतिको दौडबाट बाहिरिएको जनाएका थिए । मेरो तपाईलाई सहयोग हुनेछ तपाई सिनियर पनि हो, खड्काको भनाईले गोपालमान उत्साहित भएका छन् । देउवाले निधि सरकारबाट नबाहिरिदासम्म पार्टी पदाधिकारीको मनोनित नगर्ने मनसाय राखेपनि खड्का र श्रेष्ठले मंसिर महिनाभित्र पार्टी पदाधिकारीको मनोनित गर्न दवाव दिएका छन् ।

काठमाडौं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अति विश्वास पात्र तथा गृहमन्त्री विमलेन्द्र निधिलाई उपसभापति बन्नबाट रोक्न नेता खुमबहादुर खड्काले चाल चालेका छन् । पार्टीका महाधिबेशनमा देउवाबाट उपसभापतिको आश्वासन पाएपनि खड्काले उपसभापतिको दौडबाट पछि हटेका छन् । देउवाले उपसभापति निधिलाई नै बनाउने देखेपछि त्यसलाई रोक्न खड्काले अर्का नेता गोपालमान श्रेष्ठलाई अघि सार्दै आफू दौडबाट बाहिरिएका छन् ।

१९ कात्तिकमा खड्काले देउवालाई भेटेर नयाँ सर्तहरु राख्दै उपसभापतिको दौडबाट बाहिरिएको जानकारी गराएको स्रोतले बताएको छ । उपसभापतिको दौडबाट बाहिरिएका खड्काले महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउनुपर्ने, नयाँ सर्त राखेका छन् । तर देउवा भने ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउने योजनामा छन् । साथै खड्काले केन्द्रीय समितिमा मनोनित गर्न बाँकी १० सदस्यमध्ये पाँचजना आफू निकटका ब्यक्तिलाई मनोनित गर्नु पर्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त राखेका छन् । उनको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएको उनी निकट स्रोतले बताएको छ ।

खड्काले निधिलाई उपसभापतिमा रोक्न र गोपालमानलाई बनाउन चलखेल पनि सुरु गरिसकेका छन् । श्रेष्ठलाई टेलिफोन गरी खड्काले आफु उपसभापतिको दौडबाट बाहिरिएको जनाएका थिए । मेरो तपाईलाई सहयोग हुनेछ तपाई सिनियर पनि हो, खड्काको भनाईले गोपालमान उत्साहित भएका छन् । देउवाले निधि सरकारबाट नबाहिरिदासम्म पार्टी पदाधिकारीको मनोनित नगर्ने मनसाय राखेपनि खड्का र श्रेष्ठले मंसिर महिनाभित्र पार्टी पदाधिकारीको मनोनित गर्न दवाव दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी