×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुमबहादुर खड्का ‘हिस्स’

LAXMI SUNRISE BANK

खुमबहादुर खड्का ‘हिस्स’

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सभापति देउवाले नेता खुमबहादुर खड्कालाई उपसभापति पदमा नराख्न भारतले नमानेको घुमाउरो शैलीमा बताएका चर्चाले अहिले काग्रेस भित्र चर्चा पाउन थालेको छ  ।
यससँगै देउवा–खड्काको सम्बन्ध झनै चिस्सिन पुगेको छ । उता, प्रचण्ड सरकारमा  उपप्रधानमन्त्री समेत रहेका बिमलेन्द्र निधिले पार्टीको उपसभापति पदमा आकाक्षा राख्दै आएको भए पनि  निधिले समेत सो पद नपाउने सम्भावना बढेको काग्रेस वृत्तमा चर्चा छ ।  यसअघि देउवाले उनलाई नै उपसभापति बनाउने कबुल समेत गरेका थिए । तर,अब देउवाले यी दुबै भाइलाई उपसभापति नबनाई गोपालमान श्रेष्ठलाई बनाउन लागेको थाहा भएको छ ।
यससँगै पार्टीको महामन्त्री पदमा पूर्णबहादुर खड्कालाई नियुक्ति गर्ने निश्चित भएको छ । पूर्ण बहादुर खड्काको भाग्य चम्कदै गर्दा देउवालाई तेह्रौ महाधिवेशनमा सभापति बनाउन कम्मर कस्सेर लागेका खुमबहादुर खड्का हेरेका हेर्यै हुने भएका छन ।
कांग्रेसको १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन दिलो ज्यान दिएर लागेका खुमबहादुर खड्कालाई पार्टीको संसदीय बोर्डमा ल्याउने आश्वासन देखाउन थालेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी