
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेको छ।
पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्तामार्फत अहिले फेरि मारमा परेका छन्। विभिन्न देशबाट आयात गरिएका बस्तुहरु कोलकतामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष ठूलो क्षति बेहोर्नेु पर्ने देखिएको छ। गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समस्या देखिएको थियो ।
वीरगञ्जको सुख्ख बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पुर्याउन नसक्दा विलम्ब शूल्क तिर्न व्यवसायी बाध्य भएका छन्। नेपाली उद्योगी व्यवसायीले अहिले कोलकोत्ता बन्दरगाहासम्म पुर्याएका खाली कन्टेनरको पनि जरिवाना तिर्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीय केडियाले बताए ।आजको कारोबारमा खबर छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्