×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियतामा आँच आउनेगरी संविधान संसोधन गरिदैन : ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रियतामा आँच आउनेगरी संविधान संसोधन गरिदैन : ओली

३ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विहान विहे गरेर दिउँसो नागरिकता पाउने गरी संविधान संशोधन गर्न नसकिने बताएका छन् । नागरिकता लगाएतका बिषयमा संविधान संशोधन गर्न मधेसी मोर्चा र सत्तारुढ दलहरुले दवाव दिइरहेका बेला ओलीले राष्टियतामा आँच आउने गरी संविधानको संशोधन गर्न नसकिने बताए ।

शुक्रबार प्रेस चौतारी नेपालको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले संविधानलाई लुलो बनाई बोर्डरमा बसेर नागरिकता वितरण गर्न नसकिने बताए । केही राजनीतिक दलले विहान छोरी दिएर ज्वाँई बनाउने र दिउसो नागरिकता दिने गरी संविधानको संशोधन खोजेका छन्, त्यो एमालेलाई मान्य छैन ।

ओलीले संविधान संशोधनका बिषयमा औचित्य र राष्टिय आवश्यकताका साथ आउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । कपाले तमासुकलाई जोगाउन र कसैको इच्छा पुरा गर्न संविधान संशोधन हुँदैन, यसमा एमालेको दृढ संकल्प छ ।
सरकारमा रहेका दल र मधेसी मोर्चाले चाहेजस्तो संविधानको संशोधन मधेसका जनताले नचाहेको बताए । मधेसका जनतालाई नै सास्ती दिने प्रकारले संशोधन खोजिदैछ त्यो पुरा हुन सक्दैन, ओलीले भने ।

ओलीले संविधान संशोधनको एजेण्डा नेपाल र नेपालीको नभएको समेत बताए । केही विदेशीहरुले सस्तो विचार पैठारी गरिरहेका छन्, त्यसमै नेपालका केही कथित बुद्धिजिवी र राजनीतिक दलले भविश्य देखिरहेका छन्, ओलीले भने देशमा जातिय द्धवेश त्यही भएर फैलिन खोजेको हो ।

उनले नेपाली नागरिक राष्टियताको धारमा भएको तर बुद्धिजिवी भन्नेहरु राष्टियताको धारमा हिड्न नसकेको बताए । उनले आफ्नो पार्टीले लिएको राष्टियताको धारमा कसैसँग सम्झौता नगर्ने समेत बताए । सरकार परिवर्तन भएको होला तर राष्टियताका सवालमा हाम्रा बिचार र संकल्प उही छन् ओलीले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी