काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा (पैसा) सँग साटेको ठोकुवा गरेका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपाल, प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाज : आधार र कार्यभार’ पुस्तकको आइतबार लोकार्पण गर्दै ओलीले मधेसका मुद्दा भन्दै मधेसकेन्द्रित दलले त्यसलाई मुद्रासँग साट्ने गरेको ठोकुवा गरे ।
‘मधेसवादी दलका नेता भन्छन्, ‘मधेसको मुद्दा–मधेसको मुद्दा, यो भएन–त्यो भएन,’ ओलीले भने, ‘मधेसको मुद्दा भन्दै त्यो मुद्दालाई मुद्रासँग साटिन्छ ।’ मधेसका नेताहरू आफू हुँदा केही नगर्ने र सरकार छाडेपछि आन्दोलनका कुरा गर्नेले विकासका काम किन गर्दैनन् भन्दै उनले प्रश्न गरे ।
एक वर्षअघि संविधान संशोधन गर्दा नै मधेसी नेताले स्वीकार गरेको ओलीले प्रस्ट पारे । ‘त्यतिबेला संविधान संशोधन भए मधेसको माग पूरा हुन्छ भनियो, तर पुनः संशोधन गर्नुपर्ने माग जारी नै रहेको बताए । फेरि पनि संशोधन भए अझै पुगेन भन्दै मधेसका नाममा लुट्न पल्केकाहरू आन्दोलन गरि नै राख्ने, निहुँ खोजि नै राख्ने योजनामा छन्,’ ओलीले भने । आजको राजधानी दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्