×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्ष ओली नगएपछि उपाध्यक्ष भीम रावल गए ,भारतिय दुतावासको दिवा भोजमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अध्यक्ष ओली नगएपछि उपाध्यक्ष भीम रावल गए ,भारतिय दुतावासको दिवा भोजमा

Artha Sarokar

१८ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ –  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन् । दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचौरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो ।
‘दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन । सो दिवा भोजमा प्रमुख दलका नेताहरु, नेता, मन्त्री, नागरिक अगुवा, साहित्यकारलाई निम्ता थियो । मधेसीवादी दल तथा साना दलका नेताहरुलाई समेत दूतावासको भोजमा पुगेका थिए । भोजमा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवाषचन्द्र नेम्वाङ, मन्त्रीहरु सीतादेवी यादव, अर्जुनरसिंह केसी सहभागी थिए । भोजमा राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत थिए ।
संसदमा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको थाहा पाएपछि लैनचौरका निम्तालुबीच नै यो विषयले चर्चा पाएको थियो ।
दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन । त्यही भएर उहाँ नजानु भएको होला । यो चर्चा गरिरहनु पर्ने विषय होइन’, उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी