×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकबाट ४० लाख बराबरको सुनचाँदी चोरी ! बैंककै कर्मचारीले चोरी गरेको शंका !

अर्थ सरोकार

प्रकाशित मिति : १३ मंसिर २०७३, सोमबार

PRIME CA

कृषि विकास बैंकबाट ४० लाख बराबरको सुनचाँदी चोरी ! बैंककै कर्मचारीले चोरी गरेको शंका !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – कृषि बिकास बैंकको वीरगन्जस्थित कार्यालयबाट लाखौं मुल्य बराबरको सुनचाँदी चोरी भएको छ । प्रहरीका अनुसार बैंकको सेफमा राखिएको ७२.६ तोला सुन र २७.४४ ग्राम चाँदी चोरी जानाकारी छ । बैंकका सबै झ्याल र ढोका बन्द रहेपनि भवनको पछाडि पट्टीको झ्यालको ग्रील निकालिएको छ । दराजमा लापरवाही तरिकाले राखिएको साँचोले सेफ खोलेर सुन चोरी भएकाले प्रहरीले चोरीमा बैंककै कर्मचारीकै संलग्नताको आंशका गरेको छ ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बैकको सेफ रहेको ठाँउमा शिशीटिभी राखिएको भएपनि शिशी टिभीको तार टुटाईएको छ । बैंकका गार्डलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

सुनचाँदी राखिएका सेफका ३ थान साँचो थिए । एउटा साँचो शाखा प्रबन्धकले, दोस्रो साँचो खजाञ्ची, र तेस्रो साँचो क्षेत्रीय कार्यालयलाई बुझाउनुपर्नेमा यहीको दराजमा राखिएको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: