Skip to content
LAXMI SUNRISE BANK

पुँजीगत खर्च बढाउन अर्थमन्त्री महराको रणनीति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पुँजीगत खर्च बढ्न नसकेपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हरेक महिना विकाससँग सम्वन्धित मन्त्रालयको खर्चको विवरण लिने भएका छन्। 
उनले बुधवार अर्थमन्त्रालयमा विकाससँग सम्वन्धित मन्त्रालयका कर्मचारीलार्इ बोलाएर यो जानकारी दिएका हुन्।उनले सबै प्रक्रिया पूरा गरेर पुसबाटै विकासका काम अघि बढाउन निर्देशन समेत निर्देशन दिए।उनले पुँजीगत खर्चको चार्ट असारमा मात्रै बढ्ने प्रवृति रोकेर यथाशिघ्र विकासको काम अघि बढाउनुपर्ने बताए।
उनले खर्च नगर्ने मन्त्रालयको रकम खिचेर बढी गर्नेलार्इ दिइने चेतावनी दिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुले टुक्रे कार्यक्रमका कारण कार्यान्वयनमा कठिनार्इ भएको बताए। ती अधिकारीले करिब चार हजार टुक्रे कार्यक्रममा चार लाख र ६ लाख रुपैयाँ छुट्यााएकोले ठूला आयोजनामा काम गर्न कठिन भएको बताए।
छलफलमा अर्थसचिव शान्तराज सुवेदी,प्रमुख आर्थिक सल्लाहकार डा पुण्यप्रसाद रेग्मी,राजस्व सचिव राजन खनाल,बजेट महाशाखा प्रमुख मधु मरासिनी र अन्तर्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK